हिजोभन्दा आज झन् जाडो, तत्काल छैन वर्षाको सम्भावना
२२ पुस, काठमाडौं । देशभर जाडो बढ्दै गएको मौसमविदले बताएका छन् । काठमाडौंको हकमा हिजोको तुलनामा आज झन् जाडो महसुस भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद डेभिड ढकालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । यो यस वर्षको हालसम्मकै कम तापक्रम हो ।
केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो क्रममा छ ।...
भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड
सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।
हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत बताउँछ ।
खासगरी तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच राष्ट्रिय सभामा तालमेल गर्ने तयारी छ । त्यस विषयमा शीर्ष तहमा भेटघाट...
दाङको संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी दुव्र्यबहार गर्ने एकजना पक्राउ
तुलसीपुर, २२ पुष । दाङको तुलसीपुरमा रहेको बेलझुण्डी संस्कृत विश्वविद्यालयका उप–कुलपतीमाथी कुटपिट गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ सुन्दरनगर टोलका ३९ वर्षीय सेर बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार यही पुष ६ गते ९ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको निवासमा जबर्जस्ती प्रवेश गरी उपकुलपति, उपकुलपतिको स्वकिय सचिव तथा...
मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री यादवले शान्ति, सदभाव र एकताको लागि अपिल गरेका हुन् ।
मुख्यमन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा मधेशको विविधता नै यसको सामर्थ्य र शक्ति भएको...
रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए
२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ ।
यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए ।
पछिल्लोपटक डा. पाँडेले...














