Home Blog Page 5

सरकार र महानगरलाई प्रचण्डले भने- खुलामञ्च खुला गरियोस्, देशकै लज्जा भयो

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले खुलामञ्च खुला गर्न माग गरेका छन् । पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले सो माग गरेका हुन् । कम्तीमा एक लाखसम्म मान्छे अट्ने चौर वा मञ्च नहुने देशकै लागि लज्जाको विषय भएको उनको भनाइ छ ।

‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।

उनले सरकार र महानगरको नेतृत्व लिएका जनप्रतिनिधिलाई खुलामञ्च खुला गर्न आग्रह गरे ।

‘म नेपाल सरकार र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिलाई पनि यो स्थितिको अन्त्य गर्नका लागि पनि जोडदार अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि एउटा खुला मञ्च, समारोह सभा गर्ने स्थल अनिवार्य छ । यसमा सबैको ध्यान जाओस् ।’

आजको सभा गर्नका लागि पनि टुँडिखेलमा गर्न सकिन्छ कि भनेर पहल गरिएको तर सफल नभएको प्रचण्डको भनाइ छ ।

‘हामीले यो सभाको आयोजना गर्दैगर्दा सरकार, महानगर र टुँडिखेलमा सम्भावना छ कि भनेर टुँडिखेलमा पनि आयोजना गर्ने, जनसमुदायलाई सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनाउने पहल गरिएको थियो । तर हामी सफल हुन सकेनौं,’ उनले भने ।

दलितको घर भत्काउनेलाई रिहाइको माग गर्दै जसपा नेपालले बुझायो ज्ञापन

१० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न माग गरेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव, पूर्व वडाध्यक्ष दिलीप यादव लगायतका व्यक्तिहरूलाई छलफलको लागि बोलाएर कुनै पूर्व जानकारी विना थुनामा राखेको आरोप लगाएको छ । भोलिपल्ट, शनिबारकै दिन झुटा आरोप लगाई छुवाछूत सम्बन्धी मुद्दा लगाइएको जसपा नेपालको आरोप छ ।

जसपाले यस घटनालाई राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गर्दै गम्भीर आपत्ति जनाएको छ ।

जसपा नेपालका सिराहा जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा पार्टीले गाउँपालिका अध्यक्ष जस्तो सम्मानित पदमा रहेका जनप्रतिनिधिलाई अन्यायपूर्वक थुनामा राख्न नहुने भन्दै अविलम्ब रिहाइको माग गरेको छ ।

उनीहरू सवार मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको भन्दै जसपाले यसलाई मानवअधिकारको उल्लंघन भनेको छ ।

रिहाइ नगरे आन्दोलन चर्काउने समेत जसपा नेपालले चेतावनी दिएको छ।

आगामी जेठ १७ गतेबाट हुने विष्णु महायज्ञको लागि गत फागुन १० गते गाउँपालिका अध्यक्ष यादवसहितले स्थानीय दीपक मरिक डोमको घर भत्काएका थिए ।

गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्षलाई प्रहरीले गत शुक्रबार मात्रै पक्राउ गरिसकेको छ । शनिबार प्रहरीले तीन जनामाथि जातीय विभेद तथा छुवाछूत कसुरमा जाहेरी दर्ता गरेको छ ।

सिराहा जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्न समेत आज म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

‘परिवार’को छायांकन स्वयम्भुबाट सुरु, कलाकारमा लक्ष्मी बर्देवा

काठमाडौं । फिल्म ‘परिवार’को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ । त्यसअघि शुभमुहूर्त पूजा गर्दै फिल्मबारे जानकारी दिइयो ।

मदन थापाले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौंसहित मोफसलका केही थलोमा हुनेछ ।

निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु : च्याप्टर १’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

फिल्मको घोषणा पोस्टरमा ४ पात्र चित्रित छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ ।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ । यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा अहिलेसम्म दिइएको जानकारीअनुसार लक्ष्मी बर्देवा छिन् । अन्य कलाकार खुलाइएको छैन । किरण रिजाल, रमेश शाही, भिसाका विक्रम थापा, स्प्रान्जा कँडेल निर्माताको रुपमा छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । नीरज कँडेलको छायांकन रहने फिल्ममा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

छायांकन विशेष महर्जनको हुनेछ । चिफ एडी सिर्जना भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

रे अफ आर्टको प्रस्तुति रहने फिल्ममा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा

प्रेम गर्ने सबैजसोले सुरुमा त्यो कुरा परिवारसँग गोप्य नै राखेका हुन्छन् । परिवारका केही सदस्यले थाहा हालेछन् भने पनि बुबाआमालाई यसबारे सकेसम्म जानकारी दिइँदैन । तर प्रेमलाई स्थायी सम्बन्धमा बदल्न अर्थात बिहे गर्नका लागि एक न एक दिन अभिभावकसमक्ष यो कुरा खुलाउनै पर्छ ।

आफ्ना छोराछोरीको रोजाइ कस्तो रहेछ भनेर बुझ्न या विहे गर्ने तयारीका लागि अभिभावकले प्रेमी–प्रेमिकालाई भेट्न घरमा बोलाउन सक्छन् । हाम्रो समाजको कुरा गर्नुपर्दा प्रायगरी केटीको परिवारले केटालाई बोलाउने प्रचलन धेरै छ । बिहेको कुरा छिन्न पनि केटा नै केटीको घरमा जाने चलन छ ।

पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ भने मनमा संकोच, डर या के गर्ने, कसो गर्ने भनेर अलमल हुन सक्छ । कसरी आफूलाई प्रमाणित गर्ने, कसरी उनीहरूको अगाडि राम्रो देखिने भन्ने चिन्ता पनि भइरहेको हुनसक्छ ।

केही समान्य कुरामा ध्यान दिन सके प्रेमिकाको परिवारसँगको पहिलो भेट सुखद् र प्रभावकारी हुन सक्छ।

१.पोसाकमा ध्यान दिने

सबैको सोचाइ एउटै एउटै नहुने भएपनि प्राय गरी धेरैजसो अवस्थामा व्यक्तिको मूल्यांकन उनको लवाइ तथा स्टाइललाई हेरेर गरिन्छ । आफूलाई भद्र देखाउन खालको सामान्य र सफ कपडा लगाएर जानु राम्रो हुन्छ । धेरै स्टाइलिश देखिने खालका कपडा लगाउनु ठिक हुँदैन ।

२.ठिक समयमा पुग्ने

पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाने बेला समयलाई विशेष ध्यान दिन जरुरी छ । तय भएको समय भन्दा धेरै ढिला पुगियो भने नराम्रो छाप पर्न सक्छ । यदि कुनै विशेष कारणवस पुग्नलाई ढिला हुने भयो भने सुरुमै यसबारे जानकारी दिनुपर्छ ।

३.कोसेली लिएर जाने

कोही आफन्तकहाँ तथा कसैको घरमा जाँदा कोसेली बोकेर जाने हाम्रो परम्परा नै छ । भर्खरका युवामा त्यस खालको अनुभव तथा बानी नभएको पनि हुनसक्छ । तर यदि तराई प्रेमिकाका घरमा पहिलो पटक जाँदै हुनुहुन्छ भने कुनै कोसेली लिएर जाँदा राम्रो हुन्छ । यसले आफूलाई व्यवहारिक र सामाजिक देखाउन मद्दत गर्छ । उनका बुबा, आमा या अभिभावकलाई के कुरा धेरै मनपर्छ भन्ने प्रेमिकासँग सोधेर त्यही वस्तु कोसेली लिएर जाँदा बढी प्रभावकारी हुनसक्छ ।

४. ठिक्क बोल्ने, धेरै सुन्ने

भेटपछि जब कुराकानी सुरु हुन्छ, त्यसबेला केही कुरामा ख्याल गर्नुपर्छ । उनीहरूले के भनिरहेका छन्, त्यसलाई राम्ररी सुन्नुपर्छ । कुराकानीका क्रममा मोबाइल चलाउने, अन्यत्र ध्यान मोड्ने गर्दा नराम्रो सोच्न सक्छन् । आफू बढी जान्नेछु जस्तो गरेर बीचमा बोलिहाल्नु ठिक हुँदैन । उनीहरूको कुनै कुरामा आफ्नो मतभिन्नता देखियो भने बहसमा उत्रिनु हुँदैन, सुन्ने धैर्यता देखाउनुपर्छ ।

५.राम्रो देखिन झुट नबोल्ने

पहिलो भेटमा तपाईको परिवार, पेसा, बुबाआमा आदिका बारेमा सोध्न सक्छन् । यसबारे उनीहरूले पहिले नै तपाईंकी प्रेमिकासँग जानकारी लिएका हुनसक्छन् तर पनि तपाईंकै मुखबाट सुन्नका लागि सोध्न सक्छन् । यसमा जे हो त्यही सत्य कुरा भन्नुपर्छ  । के भन्लान् भनेर कुरा बनाएर भन्नु उपयुक्त हुँदैन ।

चुनावमा केपी ओली आएनन् भने …

भदौ २४ पछि बिजालिएको नेपाली राजनीति रोचक मोडमा आइपुगेको छ । राजनीतिलाई रोचक बनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष योगदान छ । सरकारबाट हटेका ओली अहिले पनि राजनीतिक चर्चाको केन्द्रभागमै छन् ।

ओलीको भाषण सुन्दा फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा एमाले सहभागी हुने अनुमान लगाउन गाह्रो छ । तथापि, एमालेले मंगलबार निर्वाचन आयोगमा चुनावी प्रयोजनका लागि दल दर्ता गरेको छ ।

निर्वाचन आयोगमा दल दर्ता गरेको हुनाले अब एमाले पनि फागुन २१ को चुनावमा आउलाजस्तो लाग्छ । तर, उसैदिन एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत दर्ता गरेको छ । अदालत गएको एमाले चुनावमा आउला कि नआउला ? संशय बाँकी नै छ ।

विभिन्न जिल्ला र गाउँ तहमा विरोध कार्यक्रमहरू सकेर एमालेले मंसिर ६ गते काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्‍यो । एमालेको सभामा उत्साहजनक सहभागिता देखिएको थियो । सभामा बोल्दै ओलीले आफ्नो कित्ता क्लियर गरे – सुशीला कार्की सरकारबाट हट्नुपर्छ र अविलम्ब प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ । यो सरकारलाई चुनाव गराउने अधिकारै छैन । नेकपा एमाले तर्साएर तर्सिँदैन । प्रतिनिधिसभा फर्काइन्छ ।

ओलीले ढुक्कका साथ भने, ‘असंवैधानिक ढंगले, अनधिकृत सिफारिसमा भंग भएको प्रतिनिधिसभाको अविलम्ब पुनःस्थापना हुनुपर्दछ र हुन्छ । अब अर्को बाटो छैन । त्यही बाटोबाट अब देश अगाडि बढ्ने छ । अर्को बाटो छैन । अब देशमा प्रतिनिधिसभाको पुनःस्थापना एकमात्र सही समाधानको सही निष्कर्ष हो र यो एकमात्र बाटो हो ।’

उनले संसद पुनःस्थापनाका लागि आन्दोलित हुन कार्यकर्तालाई निर्देशनसमेत दिँदै भने, ‘म देशभरि सबै साथीहरूलाई भन्न चाहन्छु– विघटित प्रतिनिधिसभाको पुनःस्थापनाका लागि अगाडि बढ्नुहोस् । नेकपा एमालेका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई जनवर्गीय, पेसागत र सानमसदायिक संगठनहरूलाई, सबैलाई आग्रह गर्न चाहन्छु– खुलेर आत्मविश्वासका साथ यो बाटोमा… (लाग्नोस्) ।’

एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी कसैले तर्साएर नतर्सिने बताए । उनले भने, ‘यो आतंकको राज भयो । त्रासको राज भयो । तर्साउने कुरा भयो । नेकपा एमाले तर्सिँदैन । विधिको शासन (प्रतिनिधिसभा) फर्किन्छ, फर्काउनुपर्छ, फर्काइन्छ । अब तपाईहरू सरकार छोड्ने मानसिकता बनाउनोस् । सरकारबाट हट्नुपर्छ तपाईहरू ।… तपाईहरूसँग शासक हुने हक छैन ।’

एमाले अध्यक्ष ओली प्रधानमन्त्री सुशीला कार्कीसँग व्यत्तिगत रुपमै खनिए, ‘कस्तो–कस्तो मान्छे देशमा प्रधानन्यायाधीश भएछन् आहा ! सेनाले बचायो भन्दा किन बचाउने भनेर उफ्रिने मान्छे प्रधानन्यायाधीश भएका रहेछन् यो देशमा । कठैबरी देशको हालत !’

संसद ब्युँताउन एमालेसँग केके छन् विकल्प ?

अध्यक्ष ओलीका यति कुरा सुनिसकेपछि स्वाभाविक रुपमा प्रश्न उठ्छ– अबको राजनीतिक यात्रामा एमालेसँग के–के विकल्प छन् ? ओलीले ठोकुवा नै गरेर भनेका छन् कि अर्को बाटै छैन, प्रतिनिधिसभा पुनस्थापना हुन्छ, गराइन्छ, तपाईहरू देशैभरिबाट लाग्नोस् ।

ओलीले भनेजस्तो प्रतिनिधिसभा पुनःस्थापना गर्ने बाटो वा कार्यदिशा के हो ? तत्काल एमालेले आन्दोलनको कार्यक्रम तय गरेको छैन । यसको साटो मंसिर २६ गते काठमाडौंमा महाधिवेशन गर्ने तयारीमा एमाले जुटेको छ ।

ओलीले भनेजस्तो गरी संसद पुनस्थापना गर्ने सम्भावित बाटाहरू तीनवटा हुन सक्छन्:

पहिलो बाटो  एमाले एक्लैले देशव्यापी आन्दोलन उठाएर फागुन २१ को निर्वाचन बिथोल्ने अनि सडककै बलबाट संसद फर्काउने ।

दोस्रो बाटो सर्वोच्च अदालतबाट विगतको जस्तै फैसला गराएर संसद ब्युँताउने ।

तेस्रो बाटो  प्रधानमन्त्री सुशीला कार्कीलाई फागुन नलाग्दै राजीनामा गर्न बाध्य पार्ने अनि राष्ट्रपतिबाट संसद फर्किएको घोषणा गराउने ।

अब पहिलो प्रश्नमाथि विचरण गरौं ।

संसद पुनस्थापना हुनैपर्छ भन्ने लाइनमा नेकपा एमाले एक्लै उभिएको छ । नेपाली कांग्रेसलगायत अरू सबै दल फागुन २१ को चुनावमा जान तयार भइसकेका छन् । सिंगै देश चुनावमय बन्दै छ । निर्वाचन आयोगले कार्यतालिकाअनुसार काम गरिरहेको छ । करिब ८ लाख नवयुवाले उत्साहका साथ मतदाता नामावलीमा नाम लेखाएका छन् ।

जिल्ला–जिल्लामा चुनावको सरगर्मी शुरु हुन थालेको छ । एमालेकै जिल्ला नेताहरू चुनावको मानसिक तयारीमा जुटिसकेका छन् । जति समय बित्दैछ, उति चुनावको मौसम खुल्दै गइरहेको छ । यसरी सिंगै देश चुनावमा होमिन तयार रहेका बेला ओली एक्लैले कसरी सडक आन्दोलनको बलमा सत्ता पल्टाउन सक्लान् ? यो चुनौतीपूर्ण बाटो हो ।

सिक्री लुट्ने टासी : बाबुराजा अपहरणमा १२ वर्ष कैद, छुटेपछि युवा संघको केन्द्रीय सदस्य

११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् ।

चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो । त्यतिमात्रै होइन उनी यसअघि राजधानी काठमाडौंमै भएको एक चर्चित अपहरणमा दोषी ठहर भएर जेल सजाय भोगेको व्यक्ति समेत रहेको अनुसन्धानबाट खुलेको छ ।

ती व्यक्ति हुन्, लमजुङ दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ । उनको आपराधिक पृष्ठभूमि र राजनीतिक कनेक्शन देखेपछि अहिले अनुसन्धान अधिकारीहरू नै दंग परेका छन् ।

टासी अहिले एक महिलाको गलाको सिक्री लुटपाट आरोपमा प्रहरी वृत्त स्वयम्भूको हिरासतमा छन् । १ मंसिर दिउँसो ५ बजेर २८ मिनेट जाँदा नागार्जुन नगरपालिका–३ ठूलो भर्‍याङस्थित सडकमा एक महिलाको गलाको सिक्री लुटपाट भएको थियो ।

बाराको निजगढ घर भएकी ४२ वर्षीय सरस्वती तामाङले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री स्कुटरमा आएको दुई जनाको समूहले थुतेर लग्यो । अहिले यही कसुरमा टासीलाई पक्राउ गरेर अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

प्रहरी वृत्त स्वम्भूको टोलीले टासीलाई ९ मंसिर राति ८ बजेतिर तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट पक्राउ गरेको हो । अहिले उनीमाथि हातहतियार खरखजना तथा चोरी, लुटपाटको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् ।

स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए ।

शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले विधान र संविधानको सीमाभित्रै रहेर देश र कांग्रेसभित्रका सबै समस्याको निकास सम्भव रहेको बताए ।

‘शीर्ष नेतृत्व तहमा र अन्य समूहबीच फरक–फरक ढंगले गहन छलफल चलिरहेको छ । पार्टी एकताबद्ध हुन्छ र यथाशीघ्र निर्वाचनमा ठाडो शीरसहित होमिने वातावरण बन्दैछ,’ उनले भने, ‘अहिलेकै केन्द्रीय समितिमार्फत निकास निकाल्न हामी सबै प्रयासरत छौं ।

महरले पार्टी नेतृत्वले विगतका अभ्यासहरूको समीक्षा गर्दै स्पष्ट मार्गचित्र दिनुपर्नेमा जोड दिए ।

‘हिजोदेखि गरी आएका वा अवलम्बन गरेका के–केलाई निरन्तरता दिने, के–केलाई परिमार्जन गर्ने र के–केलाई पूर्णतः निषेध गर्ने त्यसको रोडम्याप नेतृत्वले दिन सक्नुपर्छ,’ उनले भने, ‘भोलिका कर्णधार पुस्ताले स्पष्टता खोजेको छ ।’

नेता महरले जेनजी पुस्ताको प्रतिनिधिका रूपमा रहेका स्ववियु परिषद्का प्रतिनिधिहरूले समाजमा फैलिँदै गरेको राजनीतिक चेतनालाई सही दिशा र गति दिनुपर्ने पनि बताए ।

पार्टीभित्र युवाको सम्मानजनक उपस्थितिका लागि आफूले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा ठोस प्रस्ताव राखेको महरले जानकारी दिए ।

‘मैले जारी केन्द्रीय समितिमा युवाहरूको हरेक तहमा नेपाली कांग्रेसभित्र न्यूनतम ३३ प्रतिशत सहभागिताको ग्यारेन्टी गर्न प्रस्ताव पेस गरेको छु,’ उनले भने ।

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक खत्रीको मृत्यु

१२  मंसिर, रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो ।

गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका–७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।