Home Blog Page 4

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

१९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो ।

कांग्रेसको १५ औँ महाधिवेशन वैशाख अन्तिम साता, निर्णयविरुद्ध महामन्त्रीद्वयको बिद्रोह

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता १५ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीभित्र गम्भीर विवाद सतहमा आएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गराए पनि नेतृत्वको उक्त निर्णयलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले खुला रूपमा अस्वीकार गरेका छन्।

बैठकबाट पारित कार्यतालिकाअनुसार कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा हुने तय गरिएको छ। यसअघि पुसमै प्रस्ताव गरिएको महाधिवेशन विभिन्न आन्तरिक समस्या र व्यवस्थापकीय असफलताका कारण हुन नसकेपछि परिमार्जित कार्यतालिका बहुमतले जबर्जस्ती पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले स्वीकारे।

महतका अनुसार बैठकले केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठ मसान्तसम्म थप्ने विवादास्पद निर्णयसमेत गरेको छ। यसअघि मंसिर १५ को बैठकले माघ मसान्तसम्म मात्र म्याद थपेको थियो। तल्ला कमिटीका म्यादहरू पनि विधानको नाममा थपिँदै जाने निर्णयले नेतृत्व सत्तामा टाँसिन खोजेको आरोप पार्टीभित्रै उठ्न थालेको छ।

नेतृत्वको निर्णयप्रति तीव्र असन्तोष जनाउँदै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वानको तयारी थाल्ने घोषणा गरेका छन्। उनीहरूले १४ औँ महाधिवेशनका प्रतिनिधिहरूलाई तयारी अवस्थामा रहन आह्वान गर्दै पार्टीभित्र निर्णायक संघर्षको संकेत दिएका छन्। कांग्रेसभित्रको यो टकरावले पार्टी एकता र आगामी राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरेको छ।

तमु ल्होसार सम्पन्न ।

तमु ल्होसार सम्पन्न ।

तमु ल्होसार तमु जातिको लागि अस्तित्व् जगेर्ना र मौलिक पहिचानको आव्हान, पुस्तान्तरण सहितको समुन्नत सास्कृतिक सभ्यताको विकास हाम्रो अभियान भन्ने मुल नाराका साथ तनहुँको दमौलीमा तमु ल्होसार कार्यक्रम सम्पन्न भएको छ ।

शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव सभ्यता नै हराउँछ भन्ने आशयका साथ सप्ह्री ल्हो (सर्प वर्ग) को विदाई तथा त ल्हो (घोडा वर्गको स्वागतमा आयोजित कार्यक्रममा तमु समुदायले आफनो भाषा, धर्म संस्कृति सहित वजार परिक्रमा गरि अनसन चौतारीको पाङ्गणमा तमु ल्होसार कार्यक्रम मनाएको हो ।

केदार सिग्देल र किरण गुरुङ सहित ११ जनाको नाम सिफारिश

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधी सभा क्षेत्र नं २, तनहुँले यहि फाल्गुण २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनको लागी केदार सिग्देल र किरण गुरुङ सहित ११ जनाको नाम सिफारिश गरेको छ ।

रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल, सचिवमा सुनिता आचार्य

रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल, सचिवमा सुनिता आचार्य

रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल, सचिवमा सुनिता आचार्य

रोटरी क्लब अफ दमौलीको अध्यक्षमा नारायण मल्ल चयन भएका छन्। क्लबको आज सम्पन्न साधारण सभाले मल्लको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित कार्यसमितिअनुसार क्लबको निवर्तमान अध्यक्षमा बिना कैनी, प्रेसिडेन्ट इलेक्टमा किनकुमार श्रेष्ठ तथा प्रेसिडेन्ट नोमिनी एवं आरएनएलएम चियरमा देवराज अधिकारी चयन भएका छन्।

त्यसैगरी उपाध्यक्षमा सुवास गौतम, सचिवमा सुनिता आचार्य र कोषाध्यक्षमा रजिनलाल श्रेष्ठ चयन भएका छन्। सह–सचिवमा रमेशकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा सुर्जाकुमार मल्ल तथा एसएएमा दामोदर भण्डारी चयन भएका छन्।

कार्यसमितिको एडिटरमा प्रदीप काफ्ले, एडमिनिस्ट्रेसन चियरमा दिनेशकुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट चियरमा हरि कार्की, मेम्बरसिप चियरमा इमकुमार मल्ल, पब्लिक इमेज चियरमा शान्तराम न्यौपाने, इन्भारमेन्ट चियरमा योगिता कायस्थ श्रेष्ठ, टिआरएफ चियरमा सुरज सुब्बा, क्लब लर्निङ फ्यासिलिटेटरमा महेन्द्र न्यौपाने तथा रोटर्‍याक्ट युथ कोर्डिनेटरमा जीवनकुमार श्रेष्ठ चयन भएका छन्।

सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि असिस्टेन्ट गभर्नर बाबुराम बरालले रोटरी क्लब अफ दमौलीले विगतदेखि सामाजिक क्षेत्रमा गर्दै आएको कार्यको प्रशंसा गर्दै नयाँ नेतृत्वबाट अझ प्रभावकारी र रचनात्मक कार्यक्रमको अपेक्षा व्यक्त गरे। साथै, नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले आगामी कार्यकाललाई उत्कृष्ट बनाउन रोटरीको वार्षिक थिमअनुसार काम गर्न सुझाव दिए।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रामचन्द्र पोख्रेल, पूर्व अध्यक्ष देबकुमार श्रेष्ठ, जोन २० का असिस्टेन्ट गभर्नर एवं पूर्व अध्यक्ष दामोदर भण्डारीलगायतले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

क्लबकी उपाध्यक्ष एवं कार्यकारी अध्यक्ष योगिता कायस्थ श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन सचिव सुवास गौतमले गरेका थिए।

छेक्यो छेक्यो खेतबारी, हुस्सु र कुहिरोले

शीतलहर र बाक्लो हुस्सु, जाडोमा तराईको पहिचान नै हो। त्यही पहिचान अर्थात् तराईको जाडोको ‘सिग्नेचर सट’ खोज्दै एक बिहान चितवनको सौरहा पुग्दा देखियो, कुहिरोको घुम्टो ओढेर लुकिरहेको खेतबारी अनि बर्को ओढेर साइकलका पेडल चलाइरहेकी महिला।

शीतलहर र बाक्लो हुस्सु, जाडोमा तराईको पहिचान नै हो। त्यही पहिचान अर्थात् तराईको जाडोको ‘सिग्नेचर सट’ खोज्दै एक बिहान चितवनको सौरहा पुग्दा देखियो, कुहिरोको घुम्टो ओढेर लुकिरहेको खेतबारी अनि बर्को ओढेर साइकलका पेडल चलाइरहेकी महिला।

तुलसीपुर महोत्सवमा आज रामजी खाँणलगाएतका कलाकार आउदै

तुलसीपुर, ५ पुष ।  दाङको प्रथम तुलसीपुर महोत्सवमा आज लोक दोहोरी गायक रामजी खाँणलगाएतका कलाकारहरु आउने भएका छन् । महोत्सवमा आज रामजी खाँण सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवको मुल आयोजक समितिले जानकारी दिएको छ । महोत्सवमा आज चर्चित गायिका भुमिका गिरी, गायिका रचना चौधरी, गायक राजमान खत्री र सोनी डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुकोसमेत प्रस्तुती रहने छ । हिजो धुमधामका साथ उद्घाटन भएको महोत्सव पुष १९ गतेसम्म संचालन हुने छ ।

हिजो लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले महोत्सवको उद्घाटन गरेसँगै औपचारिक रुपमा सुरु भएको हो । स्थानीय उत्पादनलाई प्रर्वद्धर्न गर्ने उद्देश्यका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले संचालन गर्न लागेको महोत्सवमा युवाको बिजनेश आइडिया शेयरिङ कार्यक्रम समेत गरिने भएको छ । महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धनका लागि ५० वटा स्टल किसानलाई निशुल्क व्यवस्था मिलाइएको छ भने उत्कृष्ट कारोबार गर्ने कृषकलाई पुरस्कृत समेत गरिने छ ।।

नेपाली कम्युनिस्ट पार्टीको एकता सभा

५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ ।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे ।

‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस्,’ प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’

बुटवलमा हर्कले भने : नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था छ

५ पुस, बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्कराई राई (साम्पाङ) ले नेपालको सरकार विदेशीले बनाइदिने र ढालिदिने अवस्था रहेको टिप्पणी गरेका छन् ।

शनिबार बुटवलमा श्रम संस्कृति पार्टी रुपन्देहीले आयोजना गरेको आमसभामा बोल्दै धरान उपमहानगरका मेयर समेत रहेका राईले साना देखि ठूला आयोजनाका लागि  विदेशबाट ऋण मागेर लिएर काम गर्नुपर्ने अवस्थाका कारण विदेशीले हेप्ने गरेको बताए ।

मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले

२५ मंसीर, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् ।

सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका हुन् । उक्त रिट निवेदन सर्वोच्च अदालतमा विचाराधिन छ ।

जेन जी आन्दोलनमा दमन गरेर किशोरकिशोरीहरुको ज्यान लिएको र बेलैमा सेना परिचालन नगरेर मुलुकका महत्वपूर्ण संरचना ध्वस्त बनाउन भूमिका खेलेको भन्दै केपी ओली विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

राष्ट्रिय सुरक्षा परिषदका तत्कालिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग राखी दायर निवेदनमाथिको जवाफका क्रममा ओलीले रिट निवेदन पेश गर्ने विपक्षीलाई आक्षेप लगाएका हुन् ।

उनले लिखित जवाफमा भनेका छन्, ‘सेना परिचालनको विषयमा जवाफदेही र जिम्मेवारी कानूनले निर्धारण गरेको अवस्थामा असम्वन्धित निकायलाई जिम्मेवार वनाई कारवाही गर्ने वा दोषारोपण गर्ने जस्ता कार्य गर्न र सो को माग गर्नु विपक्षीको मनोरोगको द्योतक भएको स्पष्ट छ।’

उनी त्यतिमा रोकिएका छैनन् । ‘अनावश्यक मनोरोजयुक्त गन्थनको आधारमा म समेत विरुद्धको दायर रिट निवेदन न्यायनिरुपणको योग्य विषय नभएको’ जवाफ सहित खारेजीको माग गरेका छन् ।

आफू त्यतिबेला राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष भएकाले व्यक्तिगत रुपमा र अध्यक्षको हैसियतमा समेत सेना परिचालनवारे अदालतले प्रश्न उठाउन नसक्ने भन्दै ओलीले ती विषय कार्यकारिणीको अधिकारक्षेत्र भएकाले न्यायनिरुपणको विषय नहुने जिकिर गरेका हुन् ।

ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दा जेनजी आन्दोलनमाथि भएको दमन, बल प्रयोग र हताहतीको विषय उल्लेख गरेका छैनन् । बरु, प्रतिनिधिसभा विघटनको मुद्दामा पेश गरेको लिखित जवाफको सबैजसो हिस्सा ‘कपी–पेष्ट’ गरेर अदालतमा बुझाएका छन् ।

ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आफूले शुसीला कार्कीलाई प्रधानमन्त्रीको सिफारिस नगरेको जिकिर गरेका थिए । उनले राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय गैरसंवैधानिक भएको जिकिर सहित प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखेका थिए।