Home Blog Page 3

जेमिनाई एआई प्रयोग गरी गुगल स्लाइड्समा केही मिनेटमै यसरी बनाउनुहोस् चाहेजस्तो प्रिजेन्टेसन

प्रिजेन्टेसन बनाउनका लागि सबैभन्दा पहिला गुगलको जेमिनाई एपमा जानुहोस् र टुल्स सेक्सनबाट क्यानभास (Canvas) छनोट गर्नुहोस् । यहाँ तपाईँले जेमिनाईलाई के विषयमा प्रिजेन्टेसन चाहिएको हो, त्यसको प्रम्ट (विवरण) दिनुपर्ने हुन्छ । उदाहरणका लागि: ‘नेपालको पर्यटन व्यवसायका बारेमा ६ वटा स्लाइडको प्रिजेन्टेसन बनाऊ’ भनी निर्देशन दिन सक्नुहुन्छ ।

यदि तपाईँसँग पहिले नै कुनै रिपोर्ट वा डकुमेन्ट छ र त्यसकै आधारमा स्लाइड बनाउन चाहनुहुन्छ भने जेमिनाईमा @ चिन्ह टाइप गरी आफ्नो ड्राइभमा भएको फाइलको नाम लेख्नुहोस् । जेमिनाईले उक्त डकुमेन्ट पढेर त्यसका मुख्य बुँदाहरू समेटेर स्वचालित रूपमा स्लाइड तयार पारिदिन्छ ।

जेमिनाई क्यानभासले स्लाइड तयार पारेपछि तपाईँले त्यसलाई गुगल स्लाइड्स (Google Slides) मा एक्सपोर्ट (Export) गर्न सक्नुहुन्छ । स्लाइड्स खुलेपछि अक्षर, तस्विर, डिजाइन आदि सम्पादन गर्न सक्नु हुन्छ । दायाँतर्फ रहेको Ask Gemini प्यानल प्रयोग गरेर तपाईँले प्रत्येक स्लाइडको बनावट परिवर्तन गर्ने, लेखिएको भाषालाई सरल बनाउने वा थप बुँदाहरू थप्ने काम गर्न सक्नुहुन्छ ।

यसबाट प्रिजेन्टेसन बनाउनका लागि तपाईँले इन्टरनेटमा फोटो खोजिरहनु पर्दैन । जेमिनाईलाई ‘पहाडमा सूर्योदय भएको बेला चिया खाइरहेको फोटो बनाऊ’ भनी निर्देशन दिएमा त्यसले तत्कालै नयाँ र सान्दर्भिक चित्रहरू बनाइदिन्छ । साथै, डेटा वा तथ्याङ्क देखाउनका लागि Insert > Help me visualize > Infographic विकल्प प्रयोग गरी आकर्षक चार्टहरू पनि बनाउन सकिन्छ ।

यद्यपि केही फिचरहरू भने प्रिमियम भर्सनमा सीमित गरिएका छन् । तर पनि चिन्ता नलिनुहोस् । स्लाइड एपमा गइसकेपछि त्यहाँ तपाईँले दायाँ तर्फ टेम्पेल, बिल्डिङ ब्लक, गुगल इमेजेजका स्टक तथा वेब तस्विर, ड्राइभ तथा गुगल फोटोज जस्ता विकल्प पनि प्रयोग गर्न सक्नु हुन्छ ।

राम्रो तथा प्रभावकारी प्रिजेन्टेसनका लागि जेमिनाईलाई क्यानभासको च्याटमा गएर कति वटा स्लाइड चाहिने, कस्तो दर्शकका लागि हो र कुन भाषा-शैली प्रयोग गर्ने भन्ने जस्ता कुराहरू प्रम्टमा स्पष्ट खुलाउनुहोस् ।

प्रिजेन्टेसन दिने बेला के बोल्ने भन्ने कुरा पनि जेमिनाईले नै लेखिदिन सक्छ । एआईले कहिलेकाहीँ गलत तथ्यहरू दिन सक्ने सम्भावना पनि रहन्छ । त्यसैले अन्तिम रूप दिनुअघि एक पटक आफैँले विवरणहरू रुजु गर्न नभुल्नुहोस् ।

युट्युबमा एआई भिडिओको दबदबा, एउटै च्यानलले वार्षिक ६१ करोड रुपैयाँ बढी कमाउँदै

काठमाडौँ । अहिले युट्युब स्क्रोल गर्दा अस्वाभाविक तर आकर्षक लाग्ने भिडिओ प्रशस्त देखिन थालेका छन् । उच्च गुणस्तरका दृश्य, फिल्मका पात्र जस्तै देखिने चरित्र र नाटकीय संवाद भएका यी भिडिओ वास्तवमा मानव निर्मित नभई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) बाट तयार पारिएका हुन् । यो प्रवृत्तिलाई अचेल इन्टरनेटको भाषामा ‘एआई स्लोप’ भन्न थालिएको छ । 

यसै सन्दर्भमा गरिएको एक विश्वव्यापी अध्ययनले भारतको एउटा एआई च्यानलले आम्दानी र दर्शकको संख्यामा ठुला-ठुला क्रियटरलाई समेत पछि पारेको देखाएको छ ।

‘बन्दर अपना दोस्त’ नामक उक्त भारतीय युट्युब च्यानल अहिले विश्वभरका ‘एआई-वन्ली’ (पूर्ण रूपमा एआई प्रयोग गर्ने) च्यानलमध्ये अग्रस्थानमा देखिएको छ । भिडिओ एडिटिङ प्लेटफर्म निर्माता कम्पनी कापविङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस च्यानलले हालसम्म २.५ अर्बभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ । अत्यधिक भ्युजका कारण यसको वार्षिक आम्दानी करिब ४२ लाख ५१ हजार ५०० अमेरिकी डलर (नेपाली ६१ करोड रुपैयाँभन्दा बढी) हुने अनुमान गरिएको छ । यो रकम कुनै पनि सामान्य जागिर वा व्यवसायबाट जीवनभर कमाउन सकिने रकमभन्दा कयौँ गुणा धेरै हो ।

यो च्यानलले परम्परागत शैलीमा भिडिओ खिच्ने गर्दैन । च्यानलमा रहेका सबै ६१८ भिडिओ एआई टुलको प्रयोग गरेर बनाइएका छन् । यसको मुख्य पात्र ‘बोल्टु बन्दर’ नामक एउटा यथार्थपरक देखिने एनिमेटेड बाँदर हो जसलाई मानिसजस्तै जीवनशैलीमा प्रस्तुत गरिएको छ । च्यानलको विवरण अनुसार यसले बोल्टु बाँदरको जीवनमार्फत मनोरञ्जन, भावना र यथार्थपरक कथावाचन प्रस्तुत गर्ने गर्दछ । दर्शकलाई आकर्षित गर्न यसले हास्य, नाटकीय र हृदयस्पर्शी मानवीय परिस्थितिलाई सिनेमाटिक शैलीमा देखाउने गरेको छ ।

यस विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । कतिपयले पर्दा पछाडिको मेहनत र व्यवस्थापनको प्रशंसा गरेका छन् । एआईले भिडिओ बनाए पनि त्यसको योजना बनाउन, सम्पादन गर्न र दर्शकको रुचि अनुसार व्यवस्थापन गर्न मानवीय दिमागकै आवश्यकता पर्ने उनीको तर्क छ । अर्कोतर्फ केही प्रयोगकर्ताले भने व्यङ्ग्य गर्दै मानिसले वर्षभरि कडा मिहिनेत गरेर थोरै कमाइरहेको समयमा एआई भिडिओले करोडौँ छापिरहेकोमा अचम्म व्यक्त गरेका छन् । 

कापविङका अनुसार नयाँ युट्युब फिडका पहिलो ५०० भिडिओ विश्लेषण गर्दा २१ प्रतिशत एआई निर्मित र ३३ प्रतिशत ‘ब्रेनरोट’ (अजीब र दोहोरिने खालका) शैलीका भिडिओ पाइएका छन् । यसको अर्थ युट्युब फिडको आधाभन्दा बढी हिस्सा अहिले एआई र भाइरल हुने उद्देश्यले मात्र बनाइएका सामग्रीले ओगटेको छ ।

कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर ३ लाख कमाउन सकिने युवाको कथा वास्तविक हो: अर्थमन्त्री खनाल

काठमाडौँ । कीर्तिपुरको डाँडामा बसेर ल्यापटपका माध्यमबाटै मासिक तीन लाख रुपैयाँसम्म आर्जन गर्न सकिने कथा काल्पनिक नभई वास्तविक भएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । सोमबार ‘फर्मर प्लानर फोरम नेपाल’ द्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगतमा दिएको अभिव्यक्ति कुनै ठट्टा नभई यथार्थ धरातलमा आधारित भएको धारणा राखे ।

सूचना प्रविधि क्षेत्रको विकास र मुलुकमा डलर भित्र्याउन सरकारले चालेका पछिल्ला कदमबारे चर्चा गर्दै मन्त्री खनालले यस क्षेत्रमा संलग्न युवाहरूको योगदानको उच्च प्रशंसा गरे । करिब ८-९ वर्षअघि युवाहरूले ५०० डलरको ‘डलर कार्ड’ सुविधा माग गर्दा समेत राज्यले त्यसको महत्त्व नबुझेको स्मरण गर्दै उनले अहिले आईटी कम्पनीहरूलाई विदेशमा आफ्ना शाखा वा ‘बेस’ स्थापना गर्न २० हजार डलरसम्म लैजान पाउने व्यवस्था गरिएको जानकारी दिए । उनले यसलाई सरकारको एक साहसिक र सकारात्मक कदमका रूपमा दाबी गरे ।

मन्त्री खनालले अस्ट्रेलिया लगायतका विभिन्न मुलुकबाट फर्किएर नेपालमा ‘डिजिटल नोम्याड’ (जहाँबाट पनि काम गर्न सक्ने प्राविधिक) का रूपमा कार्यरत युवाहरूको उदाहरण दिँदै सरकारले उचित नीति र सुरक्षाको प्रत्याभूति गरेमा थप युवाहरू स्वदेशमै बसेर वैदेशिक मुद्रा आर्जन गर्न इच्छुक रहेको बताए ।

“अस्ट्रेलियन कम्पनीमा काम गर्ने नेपाली युवाहरू आफ्नै परिवारसँग बसेर नेपालबाटै डलरमा आम्दानी गर्न चाहन्छन्,” खनालले भने, “अस्ट्रेलियन कम्पनीहरूले नेपालको सरकारी नीति र सुरक्षाका बारेमा चासो राख्ने गरेका छन् । उनीहरूलाई आश्वस्त पार्न र सहयोग पुर्‍याउनकै लागि सरकारले २० हजार डलरको सुविधा दिने हिम्मत गरेको हो ।”

सम्बोधनका क्रममा अर्थमन्त्री खनालले महामन्त्री थापाको भनाइलाई पुष्टि गर्दै थपे, “कीर्तिपुरको डाँडाडाँडामा ल्यापटप लिएर महिनाको तीन लाख कमाउने भन्ने जुन गगन थापाजीले भाषण गर्नुभयो, त्यो ‘रियल स्टोरी’ हो । धेरैलाई लाग्ला त्यो मान्छे ‘लफङ्गो’ हो । तर उसले कहीँ न कहीँ रिमोट वर्करको काम गरिरहेको छ । ५०० डलरको कार्ड नपाउँदाको अवस्थाबाट गुज्रिएर अहिले हामी यहाँसम्म आइपुगेका हौँ । मुलुकले कतिपय अवस्थामा यस्तो हिम्मत गर्नुपर्छ ।”

उनले नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने ‘रिमोट वर्कर’ हरूले मुलुकको अर्थतन्त्रमा ठुलो योगदान दिइरहेको उल्लेख गर्दै उनीहरूलाई थप प्रोत्साहन गर्न राज्यले नीतिगत सहजता प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।

उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् ।

विशालनगरस्थित सम्पर्क कार्यालयमा अहिलेको विषम परिस्थितिको समुचित निकाससँगै मुलुकमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरणबारे छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशन सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको उनले बताए ।

‘योसँगै आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयहरूमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरूका बारेमा पनि छलफल भयो,’ थपलियाले भने ।

नेता कोइरालासँगको छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिले गरेको कारबाही मिनाहामा परेका व्यक्तिहरू पूर्ववत् पदमा कायम रहनुपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न माग गरेका थिए ।

ओली प्यानलबाट घनश्याम पाण्डेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाण्डौ, २९ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश भूगोलबाट घनश्याम पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। यसअघि पनि केन्द्रीय सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका पाण्डे पार्टीभित्र अनुभवी, ऊर्जाशील र संगठनात्मक रूपमा सशक्त नेताका रूपमा चिनिन्छन्।

२३ वर्षकै उमेरमा २०५४ सालमा तत्कालीन तुलसीपुर उपमहानगरपालिकाको उपमेयर बनेका पाण्डे २०७४ सालमा तुलसीपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुँदै स्थानीय शासनमा प्रभावशाली नेतृत्व प्रदान गरेका थिए। स्थानीय विकास, सुशासन र जनमुखी सेवामा उनले देखाएको सक्रियताले उनी जनप्रिय नेताका रूपमा स्थापित छन्।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सशक्त उपस्थिति बनाएका पाण्डे सामुदायिक वन महासंघ नेपालको केन्द्रीय अध्यक्ष हुँदै विश्व सामुदायिक वन महासंघको अध्यक्षसमेत भई अन्तर्राष्ट्रिय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन्। वातावरण, वन संरक्षण र सामुदायिक अधिकारका सवालमा उनको योगदान उल्लेखनीय मानिन्छ।

हाल पार्टीले उनलाई युरोप–अमेरिका प्रवास विभागको संयोजकको जिम्मेवारी दिएर सक्रिय रूपमा खटाएको छ। संगठन विस्तार, प्रवासी नेपालीसँगको सम्बन्ध सुदृढीकरण र पार्टी नीतिको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा उनी प्रभावकारी रूपमा लागिरहेका छन्।

भोलि हुने निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पाण्डेलाई अनुभव, कार्यक्षमता र निरन्तरताको बलियो दाबेदारका रूपमा हेरिएको छ। महाधिवेशन प्रतिनिधिहरूमाझ उनको उम्मेदवारीले व्यापक चासो र समर्थन बटुल्ने अपेक्षा गरिएको छ।

आज दिउँसो ३ बजेपछि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा केपी शर्मा ओली र इश्वार पोख्रेलको उम्मेदवारी परेको छ ।महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । एमालेमा १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ । आज नै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

तुलसीपुरमा आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम

तुलसीपुर, २७ कात्तिक ।  दाङको तुलसीपुरमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आज बिहीबार दाङको तुलसीपुरस्थित ड्रिम्स बैंक्वेट एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वित्तीय ज्ञान, बचतको महत्व, लगानीको समझ र जिम्मेवार ऋण प्रयोगबारे विस्तृत जानकारी दिइएको थियो । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय तुलसीपुरको आयोजना तथा सेवा फाउन्डेशन नेपालको सह–आयोजनामा भएको कार्यक्रममा स्थानीय उपभोक्ता समूहका प्रतिनिधि, महिला सदस्य, साना उद्यमी तथा लघुवित्तका ग्राहकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले वित्तीय साक्षरताको माध्यमबाट व्यक्तिको आर्थिक व्यवहार सुधार हुने, आम्दानी–खर्च व्यवस्थापनमा सजिलो हुने र दिगो समृद्धिको आधार तयार हुने बताएका थिए । कार्यक्रममा वित्तीय योजना बनाउने तरिका, ऋण र बचतबीचको सन्तुलन, बीमा र वित्तीय सुरक्षाबारे व्यावहारिक जानकारीसमेत दिइएको थियो । ग्रामिण विकास लघुवित्तका प्रतिनिधिहरूका अनुसार यस्तो कार्यक्रमले ग्रामीण क्षेत्रका आम नागरिकलाई आर्थिक निर्णयमा सचेत बनाउने र लघुवित्त सेवा अझ प्रभावकारी रूपमा विस्तार गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पुर्वउपाध्यक्ष नहकुल केसी, सञ्चालन तथा सुपरीवेक्षण कार्यलय नेपालगञ्जका प्रमुख धन प्रसाद तिवारी, उप प्रबन्धक मुकन्द अधिकारीलगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकी कल्पना चौधरीले गर्नुभएको थियो ।।

एन्फामा ‘अर्ली इलेक्सन’ को तरंग

मैदानभित्र गर्नुपर्ने फुटबल खेल नगरको भन्दै आलोचित बनेको एन्फाले अब मैदान बाहिर अर्ली इलेक्सन गर्दै अर्को खेल खेल्न लागेको छ ।

शीतलहर र बाक्लो हुस्सु, जाडोमा तराईको पहिचान नै हो। त्यही पहिचान अर्थात् तराईको जाडोको ‘सिग्नेचर सट’ खोज्दै एक बिहान चितवनको सौरहा पुग्दा देखियो, कुहिरोको घुम्टो ओढेर लुकिरहेको खेतबारी अनि बर्को ओढेर साइकलका पेडल चलाइरहेकी महिला।

शीतलहर र बाक्लो हुस्सु, जाडोमा तराईको पहिचान नै हो। त्यही पहिचान अर्थात् तराईको जाडोको ‘सिग्नेचर सट’ खोज्दै एक बिहान चितवनको सौरहा पुग्दा देखियो, कुहिरोको घुम्टो ओढेर लुकिरहेको खेतबारी अनि बर्को ओढेर साइकलका पेडल चलाइरहेकी महिला।

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

१९ पुस, झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन-वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिए ।

उक्त जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर-४ निवासी को-पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अन्य छ जना यात्री घाइते भएका छन् ।

घाइतेहरुमा भद्रपुर-१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड-७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड-१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक-१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं-१६ की ४० वर्षीया मुना घतानी र काठमाडौं-१६ की १६ वर्षीया प्रिया घतानी रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई नेपाल प्रहरीको उद्धार टोलीले तत्कालै भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलमा उपचारका लागि पुर्‍याएको थियो । टाउको र अनुहारमा चोट लागेका को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ’डिस्चार्ज’ भएर घर फर्किसकेको प्रहरी उपरीक्षक लिम्बुले जानकारी दिए ।

उक्त जहाज काठमाडौंबाट भद्रपुरका लागि शुक्रबार राति ८ः२३ बजे उडेको थियो भने भद्रपुर विमानस्थलमा ९ः१० बजे अवतरण गर्ने क्रममा ओभर रन भई दुर्घटना भएको थियो ।

जहाज दुर्घटनामा परे लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरीको टोली उद्धारका लागि खटिएको प्रहरीले जनाएको छ । प्रहरीले नै सबै यात्रीलाई दुर्घटना भएको जहाजबाट सकुशल बाहिर निकालेर घाइतेलाई अस्पतालमा पुर्‍याएको थियो ।

-राससबाट

जावेद अख्तर र मुफ्तीको ईश्वर-बहस हेरेपछि

जावेद अख्तर र मुफ्तीको ईश्वर–बहसबारे सोसल मिडियामा जति नै चर्चा भए तापनि यसले “ईश्वरको अस्तित्वबारे चर्चा नगर” भन्ने वाल्ट विटम्यानको कविता पङ्क्तिलाई पुष्टि गरेको छ। एउटा यस्तो पक्ष छ, जो तर्कको दृष्टिकोणमा बलियो छ, अर्को पक्ष तर्कद्वारा पुष्टि गर्नै सकिंदैन।

भारतको चर्चित ललनटप मिडियाले केही दिनअघि जावेद अख्तर र मुफ्ती शमाइल बीच “ईश्वर छन् कि छैनन् (Does god exist?)” भन्ने शीर्षकमा बहस आयोजना गरेको थियो। जावेद अख्तर हिन्दुस्तानका प्रसिद्ध शायर, लेखक एवम् गीतकार हुन् भने मुफ्ती शमाइल इस्लामिक स्कलर। लगभग दुई घण्टा चलेको उक्त बहसको मूल प्रश्न ओझेलमा परे पनि रोचकता भने अरू थपिएको थियो। जावेद अख्तरले आमजनमा आस्था आरोपित गरेर संसारभर धर्मले गरेको अन्याय र रक्तपातको विरोध गरे भने मुफ्ती शमाइलले ईश्वरलाई पारलौकिक तत्वको रूपमा व्याख्या गरे।

यो बहसको कुरा गर्नु भन्दा अगाडि सर्वप्रथम त यस शीर्षकमा आधारित भएर केही कुरा व्यक्त गर्न आवश्यक मानिन्छ। के ईश्वर अस्तित्वमा छन् त ? यो वादविवाद अहिलेको मात्र होइन। दर्शनशास्त्रमा यी प्रश्नहरूले महत्वपूर्ण स्थान लिएका छन्। कसै कसैले मान्ने गरेका छन्— यो प्रश्न नै दर्शनको केन्द्रीय प्रश्न हो, जसबाट दर्शनशास्त्रमा चेतना र पदार्थको उपशाखा बन्दछन्। तर यो मान्यता आफैंमा अधुरो, अपुरो छ। जब हामी पूर्वीय दर्शनको कुरा गर्छौं, तब यो द्वैधता अपर्याप्त हुन जान्छ। पूर्वीय दर्शनशास्त्रले मान्दछ कि सर्जक र सृजना पृथक् तत्वहरू होइनन्। हामीले भिन्न भिन्न प्रयोजनका लागि प्रयोग गरे तापनि योग, ध्यान आदिको अर्थ आत्मा र परमात्माको द्वैधभावलाई तिरोहित गर्नु हुन जान्छ। त्यसकारण यो विषय आफैंमा त्यस उत्कर्ष विन्दुको व्याख्यासम्म पुग्न सक्तैन।